१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

राष्ट्रपतिसमक्ष चार मुलुकका राजदुतले पेश गरे ओहोदाको प्रमाणपत्र



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र बुल्गेरियाका गैरआवासीय राजदूत निकोलेइ यानकोभ, इरिट्रियाका गैरआवासीय राजदूत अलेम वल्डेमारियम र गणतन्त्र फिलिपिन्सका गैरआवासीय राजदूत जोसेल फ्रान्सिसीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए । नवनियुक्त राजदूतहरुलाई लाजिम्पाटस्थित दुसित पिन्सेस होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ८ : १६ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर