७ कार्तिक २०८३, शनिबार | October 24, 2026

अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न २ जना भैरहवाबाट पक्राउ

योगीकुटीबाट ब्राउन सुगर सहित २ जना पक्राउ



बुटवल । रुपन्देहीको भैरहवाबाट अनलाईन सट्टेबाजी (जुवा) खेलाउने २ जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं. ०६ हनुमान मन्दिर नजिकैबाट अनलाईन जुवामा संलग्न २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

लुकिछिपी अनलाईन मार्फत जुवा (सट्टाबाजी) अबैध रुपमा सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ का ३३ वर्षिय सोनुमणि त्रिपाठी र सोही नगरपालिका ६ का २९ वर्षिय पवन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयलाई सामाजिक सञ्जाल वाट्सएप, फेसबुक, मेसेन्जर, टेलिग्रामको माध्यमबाट अनलाईन जुवा (सट्टावाजी) संचालन गरीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । पक्राउ परेका त्रिपाठी र चौधरीबाट सट्टेवाजीमा प्रयोग भएका उपकरणहरु ल्यापटप, मोवाईलबरामद भएको डीएसपी भट्टले बताए । पक्राउ परेका दुबैजनालाई अदालतबाट दिन ५ म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

योगीकुटीबाट ब्राउन सुगर सहित २ जना पक्राउ

रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिीका ३ योगीकुटीबाट लागु औषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय बुटवलले लागु औषध ब्राउन सुगर सहित तिलोत्तमा नगरपालिका वडा नं. ४ का ४० वर्षिय होम बहादुर पोख्रेल र सोही नगरपालिका १ का २४ का कमल गुरुङलाई पक्राउ गरेको हो ।

तिलोत्तमा नगरपालिका वडा नं. ३ योगिकुटी स्थित लागु औषध कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ परेकाहरुको शरिर रित पुर्वक खान तलासी लिँदा ३ ग्राम ५००मिलिग्राम लागु औषध ब्राउनसुगर खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ८ : ५२ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको