२९ चैत्र २०८२, आइतबार | April 12, 2026

अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न २ जना भैरहवाबाट पक्राउ

योगीकुटीबाट ब्राउन सुगर सहित २ जना पक्राउ



बुटवल । रुपन्देहीको भैरहवाबाट अनलाईन सट्टेबाजी (जुवा) खेलाउने २ जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं. ०६ हनुमान मन्दिर नजिकैबाट अनलाईन जुवामा संलग्न २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

लुकिछिपी अनलाईन मार्फत जुवा (सट्टाबाजी) अबैध रुपमा सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ का ३३ वर्षिय सोनुमणि त्रिपाठी र सोही नगरपालिका ६ का २९ वर्षिय पवन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयलाई सामाजिक सञ्जाल वाट्सएप, फेसबुक, मेसेन्जर, टेलिग्रामको माध्यमबाट अनलाईन जुवा (सट्टावाजी) संचालन गरीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । पक्राउ परेका त्रिपाठी र चौधरीबाट सट्टेवाजीमा प्रयोग भएका उपकरणहरु ल्यापटप, मोवाईलबरामद भएको डीएसपी भट्टले बताए । पक्राउ परेका दुबैजनालाई अदालतबाट दिन ५ म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

योगीकुटीबाट ब्राउन सुगर सहित २ जना पक्राउ

रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिीका ३ योगीकुटीबाट लागु औषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय बुटवलले लागु औषध ब्राउन सुगर सहित तिलोत्तमा नगरपालिका वडा नं. ४ का ४० वर्षिय होम बहादुर पोख्रेल र सोही नगरपालिका १ का २४ का कमल गुरुङलाई पक्राउ गरेको हो ।

तिलोत्तमा नगरपालिका वडा नं. ३ योगिकुटी स्थित लागु औषध कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ परेकाहरुको शरिर रित पुर्वक खान तलासी लिँदा ३ ग्राम ५००मिलिग्राम लागु औषध ब्राउनसुगर खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ८ : ५२ बजे

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ