६ पुस २०८२, आइतबार | December 21, 2025

पश्चिम नवलपरासीमा हुरीबतासले विद्युत् अवरुद्ध



सुस्ता पश्चिम । बिहीबारको हुरीबतासका कारण पश्चिम नवलपरासीका केही स्थानमा पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

हुरीले विद्युत्का अधिकांश तारपोलमा क्षति पुगेको छ । जिल्लाका दुई विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी बर्दघाट वितरण केन्द्रमा क्षति भएको छ । उक्त वितरण केन्द्रअन्तर्गतका सरावल गाउँपालिका-२ को विद्युत् ट्रान्सफर्मर पूर्णरुपले क्षति भएको छ । जम्मा १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशङ्कर शाहले बताए ।

जिल्लाका अधिकांश क्षेत्रमा बिहीबार रातिदेखि विद्युत् सेवा अवरुद्ध रहेको उनले जानकारी दिए । सबै ट्रान्सरफर्मर मर्मत गरी विद्युत् पुनः सञ्चालन गर्ने तयारी गरेपनि सञ्चालनमा चुनौती देखिएको उनको भनाइ छ । हुरीका कारण जिल्लाभरि एक सय बढी पोलहरु ढलेको इन्जिनियर शाहले जानकारी दिए ।

उनका अनुसार हुरीका कारण विद्युत्को तार, पोल, एल्टी र ट्रान्सफर्मरलगायतका सामान गरी करिब ९० लाख बराबरको क्षति भएको छ । जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका, सरावल र प्रतापपुर गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ७ : ४६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको