४ असार २०८२, बुधबार | June 18, 2025

मधुवनमा एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे कार्यशाला



बर्दिया । एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला सञ्चालन गरिएको छ । गर्ल्स स्ट्यान्डिङ स्ट्रङ्ग परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहयोगमा मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा ब स्थानीय एकीकृत पाठ्यक्रमबारे कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यशालाको उद्घाटन मधुवन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गरे । सो अवसरमा बोल्दै उनले वर्तमान परिस्थितिमा शिक्षाको महत्वका साथै एकीकृत पाठ्यक्रम,शिक्षक निर्देशिका र पाठ्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्न शिक्षकलाई उत्प्रेरित गर्नु भयको बताए ।

उपमेयर अनिता चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागू गर्न सबै शिक्षकलार्इ अनुरोध गरिन् । उपमेयर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मीनबहादुर थापा तथा शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनालको उपस्थिति रहेको थियो ।

कार्यशालामा कक्षा १ मा पढाउने कुल ३४ जना सहभागी थिए । सहभागीहरूले कार्यशालाको एजेन्डा, छलफल पद्धति र सहजीकरण सीपको प्रशंसा गरेका थिए । उनीहरूले आफ्ना विद्यालयहरूमा पाठ्यक्रम र शिक्षकको निर्देशन लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको संचालन शिक्षा इकाइका खगेन्द्र खनालले गरेका थिए । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य र परियोजनाको विषयवस्तु बारे प्रस्ट पारेका थिए । कार्यक्रम अधिकृत ईश्वर विक, रीता अर्यालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १० : २९ बजे

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक

त्रिदेशीय टी-२० सिरिज : नेपालद्वारा स्कटल्याण्डलाई २ विकेटले पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले