२२ भदौ २०८३, सोमबार | September 8, 2026

निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !



काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छन् ।

उनले डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले नाम उल्लेख नगरी चर्चित आरोहीले आफुलाई दुर्व्यवहार गरेको अस्पष्ट घटनाक्रम उल्लेख गरेकी थिइन् ।

न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा लोताले आफ्नो पुस्तकमा उल्लेख गरिएको व्यक्ति पुर्जा भएको खुलासा गरेकी छन् । रिपोर्टमा पुर्जाले होटलको कोठामा लगेर दुर्व्यवहार गरेको सविस्तार उल्लेख गरिएको छ ।

उनले भनेकी छन्- ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थाले, मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

उनले पुर्जा ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो भएकाले आफू निरिह बनेको र प्रतिवाद गर्न नसकेको बताएकी छन् । रिपोर्टमा यस विषयमा पुर्जाले प्रतिक्रिया नदिए पनि उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै आरोप अस्वीकार गरेको उल्लेख छ ।

रिपोर्टमा लता बाहेक क्यालिफोर्नियाकी डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन् । पुर्जाले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड रहेका पुर्जा आफ्नो टेन्टमा आएर दुर्व्यवहार गरेको बताएकी छन् । डा. अप्रिलको आरोपमा पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् ।

यो घटनापछि दुवैले महिलाले आफु नाजिका साथीलाई बताएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले अध्ययन गर्दा सत्य भेटिएको रिपोर्टमा दाबि गरिएको छ ।

पुर्जा आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्या जस्ता उच्च प्रोफाइलका महिलालाई समेत आरोहणमा सहयोग गरेका छन् ।

विश्वका ८ हजार भन्दा अग्ला सबै हिमाल चढेका पुर्जा बारे नेटफ्ल्क्सिले डकुमेन्ट्री नै बनाएको थियो ।

न्यूयोर्क टाइम्सको समाचार पढ्न तल क्लिक गर्नुहोस्

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ११ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार