६ पुस २०८२, आइतबार | December 21, 2025

गर्मी याममा विद्युतकै सास्ती



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युत्को सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत्लाइन विस्तार हुन सकेको छैन ।

विद्युत्लाइन विस्तार नभएपछि जोखिमयुक्तरुपमा छ सय मिटर परबाट सर्भिस तार तानेर स्थानीयले घरघरसम्म विद्युत् पुर्याएका छन् । “सर्भिस तार तान्दा निकै खर्च लाग्ने गरेको छ”, भरत सार्कीले भने, “तार ल्याउन धेरै परिवारसँग खर्च नहुँदा केही परिवारले छिमेकीको घरबाट महसुलमा आधा रकम तिर्नेगरी विद्युत् जोडेका छन् ।” गर्मी याममा विद्युतीय उपकरण बढी प्रयोग हुने भएकाले यसरी जोडिएको विद्युत् सर्ट भएर आगलागी हुने सम्भावना बढेको उनले बताए ।

लाइन विस्तार नहुँदा जोखमयुक्त तरिकाले विद्युत् उपभोग गर्नुपरेको सरस्वती सार्कीले बताउनुभयो । “अरु समुदायका घरसम्म विद्युत्लाइन पु¥याइएको छ”, उनले भने, “सार्की समुदायको बस्तीमा मात्रै लाइन विस्तार गरिएको छैन । हिउँदमा विद्युत् खपत कम हुने भएकाले समस्या नभए पनि गर्मी याममा सास्ती हुने गरेको छ ।” पाँच वर्षदेखि विद्युत्लाइन विस्तारका लागि नगरपालिका कार्यालयमा अनुरोध गर्दा पनि सुनवाइ नभएको उनको भनाइ छ ।

“विद्युत्लाइन विस्तारका लागि चालु आवमा बस्तीका सबैको हस्ताक्षर गरेर नगरपालिकामा निवेदन बुझाएका छौँ”, नगरपालिका कार्यपालिकाका सदस्य गणेश विकले भने, “कार्यपालिका सदस्यकै कुरा पनि सुनिँदैन, वडा कार्यालयसँग विद्युत्लाइन विस्तारका लागि बजेट छैन, नगरपालिकाले वर्षौँदेखि अश्वासन मात्रै दिने गरेको छ ।”

दश, पन्ध्र वटा खम्बा गाडेर बस्तीमा विद्युत्लाइन विस्तार गर्न सकिने भन्दै जनप्रतिनिधिले चासो नदिँदा समस्या भएको दलित अधिकारकर्मी अन्तराम बडले बताए ।

सर्भिस तार हुरीका कारण बीचबीचमा चुडिँदा बस्तीमा कहिलेकाहीँ लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ । विद्युत् सेवा अवरुद्ध हुँदा गर्मीमा पसिना चुहाउँदै अनिदोमा रात काट्नुपर्ने अवस्था रहेको सेविका सार्कीले बताए ।

नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरी सार्की बस्तीमा विद्युत्लाइन विस्तार गर्न यथाशीघ्र पहल गरिने वडाध्यक्ष चक्रबहादुर खड्काले बताए । “प्राधिकरणसँग लाइन विस्तारका लागि छलफल गर्नेछौँ”, उनले भने, “नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था गरी आगामी आवभित्र लाइन विस्तार गर्ने योजना बनाएका छौँ ।”

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : ३७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको