२० असार २०८३, शनिबार | July 4, 2026

आइसीसी टी-२० विश्वकप क्रिकेट : क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती



काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट २०२४ को पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाले दुई ब्याट्सम्यानको अर्धशतकका साथ ५ विकेटको क्षतिमा १९४ रन बनाएको हो ।

क्यानडाका लागि ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे । यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो । ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए । उनी कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भए ।

क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए । उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भए ।

क्यानडाका लागि आरोन जानसनले १६ बलमा २३ बनाउँदा श्रेयस मोव्वाले नटआउट १६ बलमा ३२ रन प्रहार गरे ।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एकएक विकेट लिए । अमेरिकाले भर्खरै जवाफी ब्याटिङ सुरु गरेको छ । दोस्रो बलमै उसले पहिलो विकेट गुमाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : ४३ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०