१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बलिवुड फिल्म बोर्डरको सिक्वेल बन्दै



काठमाडौं । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु भएको छ । यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।

बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।

फिल्म सन् २०२६ मा गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ ।

सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १० : ११ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको