२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अफगानिस्तानको टी-२० विश्वकपमा विजयी शुरुवात



काठमाडौं । आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछाएको युगान्डाले १६ ओभरमा अल आउट हुदै ५८ रन मात्र बनाएको थियो । युगान्डाका लागि रोबिन्सन ओबुयाले १४ र रियाजत अलि शाहले ११ रन बनाएका थिए । युगान्डाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै अफगानिस्तानका बलर फजल्हक फारुकीले ५ विकेट लिएका थिए भने नविन उल हक र राशिद खानले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

यो जितपछि समुह सी मा अफगानिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अब युगान्डाले जुन ६ मा पीएनजीसँग खेल्ने छ भने अफगानिस्तानले जुन ८ मा न्यूजील्याण्डविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : १५ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै