५ पुस २०८२, शनिबार | December 20, 2025

अफगानिस्तानको टी-२० विश्वकपमा विजयी शुरुवात



काठमाडौं । आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछाएको युगान्डाले १६ ओभरमा अल आउट हुदै ५८ रन मात्र बनाएको थियो । युगान्डाका लागि रोबिन्सन ओबुयाले १४ र रियाजत अलि शाहले ११ रन बनाएका थिए । युगान्डाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै अफगानिस्तानका बलर फजल्हक फारुकीले ५ विकेट लिएका थिए भने नविन उल हक र राशिद खानले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

यो जितपछि समुह सी मा अफगानिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अब युगान्डाले जुन ६ मा पीएनजीसँग खेल्ने छ भने अफगानिस्तानले जुन ८ मा न्यूजील्याण्डविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : १५ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन