काठमाडौं । नेपाली कांग्रेसबाट बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गरे । उनले जनताको चाहना पूरा गर्न राष्ट्रिय सहमतिको सरकार गठनको माग गरे ।
सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । कर्णाली नदीमा पानीको स्तर कम हुुँदै गएको र मानव र जङ्गली जनावरबीचको बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताए ।


















प्रतिक्रिया