१३ बैशाख २०८३, आइतबार | April 27, 2026

राष्ट्रिय सहमतिको सरकार गठनको माग



काठमाडौं । नेपाली कांग्रेसबाट बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गरे । उनले जनताको चाहना पूरा गर्न राष्ट्रिय सहमतिको सरकार गठनको माग गरे ।

सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । कर्णाली नदीमा पानीको स्तर कम हुुँदै गएको र मानव र जङ्गली जनावरबीचको बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १ : ४४ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र