३ पुस २०८२, बिहिबार | December 18, 2025

तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित



काठमाडौं । सरकारले यही जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आइपिभि’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले तराईका अधिकाङ्श जिल्लामा तातो हावासँगै ‘लू’ चलेकाले खोप अभियान प्रभावित भएको बताए । “तराई अधिकांश जिल्लामा ‘लू’ चलेको हुनाले विद्यालय बन्द भएका छन् । कतिपय विद्यालयमा खोप कार्यक्रम सञ्चालन भए पनि बीचमै रोकिएको छ”, उनले भने, “अब भने पानी पनि पर्न थालेको छ । तराईमा शितलता पनि भएकेले अब विद्यालय खुल्ने र पुनः खोप अभियान संचालन गर्दछौँ ।”

उनका अनुसार अहिलेसम्म चार लाख १७ हजार पाँच सय ३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप लगाइसकेका छन् । यो २८ दशमलव ५ प्रतिशत हो । “अहिलेको खोप लगाएको तथ्याङ्क ४६ जिल्लाको हो । अन्य जिल्लाबाट तथ्याङक आउन बाँकी छ”, उनले भने, “खोप अभियान राम्रो चलेको छ । हामी लक्ष्य अनुसार नै खोपको कभरेज ९५ प्रतिशत पुर्याउँछौँ ।”

खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ । यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ ।

स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य सस्थामा पनि खोप अभियान सञ्चालन गर्नेछ । खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको हो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : २० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन