२६ बैशाख २०८३, शनिबार | May 9, 2026

आजको मौसम : काठमाडौं उपत्यकामा अपराह्न वर्षा हुने



काठमाडौं । मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र वाग्मती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आज बिहान जारी गरेको सूचनाअनुसार सुदुरपश्चिम, कर्णाली र लुम्बीनी र कोशी प्रदेशका एक-दुई स्थानमा हुरीबताको पनि सम्भावना रहेको बताएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भेगका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागको सूचनामा उल्लेख छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक-दुई स्थानमा हुरीबतासको पनि सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौ+ उपत्यकामा आज अपराह्न सामान्य वर्षा हुनेछ । यहाँको आज दिउँसो यहाँको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : ४० बजे

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित