२० असार २०८३, शनिबार | July 4, 2026

टी-२० विश्वकप क्रीकेट : भारतले आयरल्याण्डलाई हरायो



काठमाडौं । भारतले आइसीसी टी-२० विश्वकप क्रीकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।

आयरल्यान्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । त्यस्तै ऋषभ पन्तले ३६ रन जोडे ।

आयरल्यान्डका लागि मार्क आदिर र बने ह्वाइटले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान दिए भने जोश लिटिलले १४, कर्टियस क्याम्परले १२ तथा लोर्कन टकरले १० रन बनाए ।

भारतका हार्दिक पाण्डेयाले तीन विकेट लिँदा अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई दुई विकेट लिए । त्यस्तै मोहम्मद सिराज र अक्षर पटेलले एक एक विकेट लिए ।

विश्वकपमा भारत र आयरल्यान्ड समूह ‘ए’ मा छन् । उनीहरुको समूहमा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् । यसै समूहको अर्को खेल आज राति ९ः१५ बजे पाकिस्तान र अमेरिकाबीच हुनेछ । प्रतियोगिताअन्तर्गत अहिले पपुवा न्यूगिनी र युगान्डबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : ४३ बजे

अष्ट्रेलियालाई पेनाल्टीमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले इतिहास रच्दै पहिलोपटक

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित