२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा ओमान पराजित



काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ । अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो ।

बारबाडोसको ब्रिजटाउन मैदानमा ओमानले टस जितेर पहिला फिल्डिङ राजेको थियो । अष्ट्रेलियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो । एक सय ६५ रनको लक्ष्य पछ्याएको ओमानको पारी नौ विकेटको क्षतिमा एक सय २५ रनमा समेटियो ।

अष्ट्रेलियाका लागि मार्कस स्टोनिस र डेभिड वार्नरले अर्धशतकीय पारी खेले स्टोनिसले ३६ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक ६७ रनको योगदान दिए । यस्तै वार्नरले ५१ बल खेल्दै एक छक्का र ६ चौका हान्दै ५६ रन बनाए । यस्तै मिचेल मार्सले १४, ट्रभिस हेडले १२ तथा टिम डेभिडले १० रन बनाए । बलिङतर्फ ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एक एक विकेट लिए ।

यसैगरी ओमानका लागि एक सय २५ रन बनाउने क्रममा आयान खानले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै मेहरान खानले २७, अकिब इलियासले १८ तथा शकील अहमदले ११ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्क र एडम जम्पाले दुई दुई विकेट लिए ।

टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेटस् (यूएई) र पाकिस्तानबीच आज राति ९ः१५ बजे खेल हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १२ : १६ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै