२६ बैशाख २०८३, शनिबार | May 9, 2026

पाल्पामा लोडर दुर्घटना हुँदा बर्दियाका सहचालक कमल चौधरीको मृत्यु



पाल्पा । पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा ८ कञ्चनखोला स्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा भएको लोडर दुर्घटनाबाट सोही लोडरका सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया बाँसगढीका अन्दाजी २६ वर्षिय कमल चौधरी रहेका छन् । दुर्घटनाबाट लोडर चालक कैलाली घोडाघोडी २ का ३० वर्षिय समिर चौधरी घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सालझण्डी-ढोरपाटन सडक खण्डमा सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बर लोडर बेक्र फेल भई सडकबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको खबर पाए लगत्तै अस्थाई प्रहरी पोष्ट बेलबासबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरि बुटवल पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । अस्पतालमा उपचारका क्रममा कमल चौधरीको मृत्यु भएको उनले बताए ।

सवारी दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ३९ बजे

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित