२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा आजबाट ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री सुरु



बुटवल । बुटवल बजारमा लामोदुरीसम्म चल्ने ईलेक्ट्रिक स्कुटी भित्राएको छ । बागमती मोटरसाईकल सेन्टरले शुक्रबार आफनो शोरुममा गेरो डिटि ६० मोडल ईलेक्ट्रिक स्कुटी लन्च गरेको हो ।

सोल फुल मोटर प्रालि र क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्टले नेपालमा भित्राएको यो स्कुटी बुटवल बजारमा भने बागमती आधिकारीक डिलर रहेको छ ।

यो स्कुटी एक पटक चार्ज गरेपछि ३५० किलोमिटरसम्म कुद्ने क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्टका मार्केटिङ हेड अनुराग बमले दाबी गरे । दुई पाग्रे सवारी बिक्रीमा लामो अनुभव बटुलेको कम्पनी बजारको अध्ययन गरेर यो नेपालको लागि क्रान्तिकारी ईलेक्ट्रिक स्कुटर भित्राएको उनले दाबी गरे । बजार अध्ययनको क्रममा रेन्ज, डिजाईन, सर्भिस, परफरमेन्समा ग्राहकको रुचिलाई मध्येनजर गरि चाईनामा सर्वाधिक रुचाईएको यो स्कुटीलाई नेपाली बजारमा ल्याईएको उनले बताए ।

नेपाली बजारमा यसअघि क्रसफायर, ईटालिक मोटो, बेरिष्ठा एरिस जस्ता धेरै विश्वका उत्कृष्ट ब्राण्डका दुई पाग्रे सवारी बिक्री गर्दै आएको उनले बताए । ‘समयसापेक्ष अहिलेको माग यो हो ।’—उनले भने । केवल ब्यापारमात्र नभई यसबाट विभिन्न खेलकुद ईभेन्टहरु समेत हुदै आएको छ । यसैगरि टायर, जर्सिका ब्राण्डहरु समेत भित्राएको छ ।

यो स्कुटी स्टार ह्वाईट र मुम ग्रे दुई कलरमा उपलब्ध छ । जसको बजार मुल्य ३ लाख ६५ हजार रुपैया रहेको छ ।
बागमती मोटरसाईकल सेन्टरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले विश्वमा नै पर्यावरण जोगाउने अभियानमा साथ दिने गरि सवारी साधनमा नयापन आएको बताए ।

स्कुटीमा ४ हजार वाटका मोटर र १८ डिग्रीमा चढ्न सक्ने क्षमता रहेको उनले बताए । यसमा ईको मुड (५१ किमी), ड्राईभिङ मुड (६० किमी), स्पोर्ट्स मुड (६८ किमी) गरि ३ वटा राईडिङ मुडहरु छन । ब्याट्रिमा १ लाख किलोमिटर वा पाच वर्ष वारेन्टी रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  २ : ५१ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका