३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

धनगढीका गर्मी प्रभावित अति विपन्न ५५ परिवारलाई खाद्यान्न बितरण



धनगढी । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलालीको धनगढी उपमहानगरका ५५ अति विपन्न, गरिब र दलित मजदुर परिवारलाई राहातस्वरुप बाँके युनेस्को क्लबले खाद्य सामाग्री बितरण गरेको छ । स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको तातो हावा परियोजना अन्तर्गत धनगढीस्थित सिद्धनाथ र भवानी माविमा अध्ययनरत अति विपन्न, गरिब, दलित र पिछिडिएका बालबालिकाका ५५ परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो ।

ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न र गरिब र दलितहरुलाई चर्को गर्मीको बेला हुने स्वास्थ्य जोखिमबाट जोगाउन र केही दिन घरमै बस्न सहज होस भन्ने उदेश्यले खाद्यान्न बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

बिद्यालयमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती, वडाध्यक्ष शेरबहादुर महरा, सहरी सचिवालय प्रमुख कृपाराम उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसनदेव उपाध्याय, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी लगायतले खाद्यान्न बितरण गरेका थिए ।

सो अवसरमा बोल्दै धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत खातीले अत्यधिक गर्मीले ज्याला मजदुरी गर्ने अति विपन्नहरु सर्वाधिक प्रभावित भएको बेला उनिहरुलाई खाद्यान्न बितरण गरेर अतिनै सराहनीय कार्य गरिएको बताए ।

वडा अध्यक्ष महराले अत्यधिक गर्मीको बेला यस्ता कार्यक्रमहरु अतिनै आवश्यक र प्रभावकारी भएकोले दायरा बढाउनु पर्ने माग गरे ।

सो अवसरमा धनगढी उपमहानगरपालिकाका कम्प्युटर अपरेटर नवीन ओली, बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यक्रम अधिकृत नदीम शाह, लोजिस्टिक अफिसर शंकरसिंह थारुलगायतको पनि उपस्थिति रहेको थियो ।

पश्चिम तराईका जिल्लाहरुमा यो वर्ष अत्यधिक गर्मी र तातो हावा लु चलेपछि स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके, बर्दिया र कैलालीका पाँच वटा पालिकामा ४५ दिने तातो हावा परियोजना सञ्चालन गरेर बिभिन्न गतिविधि गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ५२ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय