७ पुस २०८२, सोमबार | December 22, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आधा घण्टा बन्द हुने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १:३० बजेसम्मका लागि विमानस्थल बन्द हुने जानकारी गराएको हो ।

कार्यालयका अनुसार अपरान्ह १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल संकलकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासहरूमध्ये Alert ९.३१ (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको नागरिक उड्डययन कार्यालयले जनाएको छ ।

यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिने प्राधिकरणले जनाएको छ ।

‘अभ्यासको क्रममा स्थानीय समय १३:० देखि १३:३० बजे सम्म यस विमानस्थलको अपरेशन बन्द हुने भएकोले नियमित उडान र अवतरण प्रभावित हुन सक्नेछन् ‘, सूचनामा भनिएको छ,’यो विमानस्थल संकटकालिन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड तथा यस विमानस्थलको Airport Emergency Plan अनुसार गरिने योजनाबद्ध अभ्यास भएको व्यहोरा सर्वसाधारण तथा खास गरी विमानस्थल वरिपरिका वासिन्दाहरुलाई सुसुचित गराउन चाहन्छौं ।’

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १२ : २३ बजे

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर