११ भदौ २०८३, बिहिबार | August 28, 2026

सभामुखसँग नर्वेजियन राजदूतको भेट



काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गरेकी छिन्।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, विकास सहयोगलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा सभामुख घिमिरेले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कुटनीतिक तहमा भ्रमणको आदानप्रदान भएको, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटनलगायतका क्षेत्रमा सहकार्य भएको उल्लेख गरेका थिए ।

“विकास साझेदारकारुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ”, उनले भने “नर्वे सरकारले नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनका क्षेत्रमा गरेका कामहरु हाम्रा लागि पनि उपयोगी भएका छन् ।” लामो राजनीतिक संक्रमणकालपछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान सुरु भएको सभामुखको भनाइ थियो ।

त्यस अवसरमा नर्वेजियन राजदूत तोरुन ड्रामडलले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताएकी थिइन । उनले आफ्नो मुलुकले नेपालका विभिन्न क्षेत्रमा रु तीन करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उल्लेख गरिन ।

राजदूत ड्रामडलले दुई मुलुकबीच समय समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिइन ।

सभामुख घिमिरेले पनि नेपालको संसदीय संसदमा नेपाल–नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदान प्रदानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : २८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि