२० असार २०८३, शनिबार | July 4, 2026

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई एक साता अघि नै क्यानडा पठाएका थियौं



काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउनेक्रममा एक साता अगाडी नै क्यानडा पठाएको खुलासा गरेका छन् ।

नेपाल ट्युब अस्ट्रेलियाले युट्युबमा सार्बजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरुपमा क्यानडा पठाएको बताएका हुन् । अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दाबि गर्दै उनलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताएका छन् ।

चन्दले भनेका छन्, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षकले भित्री रूपमा सहयोग गर्नुभयो । विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ । यसमा हामी सफल भएका छौँ ।’

अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्याउन सन्दीपको ठुलो योगदान रहेकाले उनले विश्वकप खेल्न हकदार रहेको बताए । त्यसैले नै अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन क्यानले प्रयास गरेको र यसमा क्यान सफल भएको बताएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ४ : ३८ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि