१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

उच्च ओहोदामा नियुक्ति दिदा विदेशी नागरिकता यकिन गर्न अख्तियारले दिएको निर्देशनको भीम रावलले गरे स्वागत



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागत योग्य भएको टिप्पणी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बहाल रहेरनरहेको खोजबिन गर्न सरकारलाई निर्देशन दिएपछि रावलको यस्तो टिप्पणी आएको हो ।

मंगलबार सामाजिक सञ्जालमार्फत रावलले दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री रवि लामिछाने र विदेशी पत्रकारसँग विवाह गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठ बारेमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्- ‘दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबीन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ४२ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा