९ श्रावण २०८३, शनिबार | July 25, 2026

एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन गर्न माधव नेपाल बाधक नबन्ने



पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उनले महाधिवेशनका लागि एउटै दस्तावेज आएको र नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गरिने र सर्वसम्मतका लागि आफू बाधक नबन्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आगामी असार १६ देखि काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुँदैछ । अध्यक्ष नेपालले भने, “पार्टीको तल्ला कमिटी तथा सात वटै प्रदेश कमिटीहरुले सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुलाई आग्रह गरेका छन् । हामी कार्यकर्ताहरुको भावना अनुसार सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेछौं ।”

अध्यक्ष नेपालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमको सान्दर्भिकता अझै पनि उत्तिकै रहेको बताए । “कम्युनिष्ट पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुने, कामको श्रेष्ठताको आधारमा नेतृत्वमा पुग्ने लगायतका विषय सान्दर्भिक छन् । जवज पार्टीको कार्यक्रम हो । ”अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले सवै राजनीतिक पार्टीको अवस्था उस्तै रहेकाले उच्च मनोवलका साथ गण्डकी प्रदेशमा पार्टीको काममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा गण्डकीका इन्चार्ज तुल वहादुर गुरुङ, पार्टी गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मजवुत पार्टी निर्माणका लागि सङ्गठन विस्तारमा जोड दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १० : ३७ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक