२० असार २०८३, शनिबार | July 4, 2026

आइसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित



काठमाडौं । आइसीसी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार राति समूह ‘ए’को खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै समूह चरणको तेस्रो खेलमा पाकिस्तानले पहिलो जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र तेस्रो क्रममा आएका कप्तान बाबर अजमले महत्त्वपूर्ण साझेदारी गरे ।

उनीहरुले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । ६२ बलमा ६३ रनको साझेदारी हुँदा कप्तान बाबरले ३३ बलमा ३३ रन बनाएर विकेट किपरबाट क्याच आउट भए । बाबरले ३३ रनका लागि १ चौका र १ छक्का प्रहार गरेका थिए ।

रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । नटआउट रहेका उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

क्यानडाका लागि डिलोन हेलिगरले दुई विकेट लिँदा जेरेमी गोर्डनले एक विकेट हात पारे । नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।

उसका लागि एरोन जोनसनको अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले चार चौका र चार छक्कासहित ५२ रन बनाएका थिए । त्यस्तै कलिम सानाले १४ बलमा १३ रन बनाए। कप्तान साद बिन जाफर १० रनमा आउट भए ।

पाकिस्तानका ह्यारिस राउफ र मोहम्मद आमिरले दुई दुई विकेट लिए । जारी विश्वकपमा क्यानडाले तीन खेलमा एक खेल जितेको छ । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा आयरल्याण्डलाई पराजित गरेको हो ।

पाकिस्तानले अमेरिकासँग सुपर ओभरमा हार पराजय भोग्नु परेको थियो भने भारतसँग ६ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : ५४ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै