२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाली सेनामा गणतन्त्र आएको छैन- पृथ्वीसुब्बा गुरुङ



काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउदै सेनामा गणतन्त्र नआएको जस्तो आफुलाई लागेको टिप्पणी गरेका हुन् ।

उनले भने,‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनु पर्नेछ। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्नेछ, त्यहाँभित्र गणतन्त्र आएको छैन भन्ने लाग्छ । त्यसको बारे रक्षा मन्त्रालयले पोलिसी बनाउनु पर्नेछ, सेनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,परम्परागत रुपमा चल्न दिनुहुँदैन ।’

नेपाली सेनाको बजेट परम्परागत भएको बताउदै कर्मचारीले बनाएको बजेटमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न नसकेको उनले बताए ।

उनले संवेदनशील अंग नेपाली सेनालाई व्यापार, ठेक्कापट्टा गर्न दिनु कतिको जायज छ ? भन्दै प्रश्न गरेका थिए । गुरुङले सेनाको महत्वकांक्षा बढ्दै जादा त्यसले लोकतन्त्रमाथि नै खतरा हुनसक्ने समेत बताए ।

राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्र हो भन्ने बुझाई सबैको रहेको भन्दै यो सत्य नभएको उनले बताए । नेपाली सेना राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग भएपनि अन्य अंग नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि भूमिका रहेको बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  २ : ५५ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार