१७ माघ २०८२, शनिबार | January 31, 2026

बुटवलमा कक्षपति बन्धुहरुको कुलपूजा सम्पन्न



बुटवल । बुटवलमा संगठीत भएका कक्षपति बन्धुहरुको कक्षपति समाजले आफ्नो ११ औं साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । नेवाः पर्व सिथी नखःको अवसर पारेर आयोजना गरिएको साधारणसभा तथा अधिवेशनबाट महत्त्वकुमार कक्षपतिको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

बुटवल र यस आसपास छरिएर रहेका कक्षपति बन्धुहरुको साधारणसभा र अधिवेशनमा सिथी नखःको परम्परा अनुसार कुल पूजा अर्चना समेत गरिएको थियो । कक्षपति समाजका अध्यक्ष प्रवीणलाल कक्षपतिको अध्यक्षतामा कक्षपतिका अगुवाहरुले कुल पूजा गरेका थिए ।

सो अवसरमा बोल्दै कक्षपति समाजका अगुवा सुवर्णलाल कक्षापतिले समाजमा नेवारी भेषभुषा, खानपान र भाषालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । भाषा, संस्कृति र खानपानबाटै नेवाः समाजको पहिचान बनेको उनले बताए ।

कक्षपति समाजका सल्लाहकार जबीन कक्षपतिले समाजलाई अगाडि बढाउनको लागि अझ विशेष पहल र सक्रियता देखाउन आवश्यक रहेको बताए ।

आजभन्दा १० वर्ष अगाडि बुटवल क्षेत्रका वरिपरि छरिएका कक्षपति बन्धुहरुलाई एकत्रित गरी यस समाजको निर्माण भएको समाजका निवर्तमान अध्यक्ष डा निरञ्जन लाल कक्षपतिले जानकारी दिए ।

समाजको कुलपूजामा रूपन्देही, पाल्पा, गुल्मी अर्घाखाँची, कपिलवस्तु, बाँके, नवलपरासी र चितवनबाट कक्षपति परिवारका सदस्यहरु भेला भएका थिए ।

कार्यक्रममा समाजका सचिव दिनेश कक्षपतिले १० वर्षदेखि आजसम्म भएगरेका गतिविधिबारे जानकारी दिएका थिए ।

अधिवेशनबाट गणेश कुमार कक्षपति वरिष्ठ उपाध्यक्ष, जबीन कक्षपति उपाध्यक्ष, रविन्द्र कक्षपति सचिव, सुरेशकुमार कक्षपति सहसचिव र दिनेश कक्षपति कोषाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा राजु कक्षपति, यज्ञेश्वर कक्षपति, कल्पना कक्षपती, पिंकी कक्षपति, निशा कक्षपति, प्रजु पक्षपति र सन्देश कक्षपति निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ९ : ११ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान