१६ भदौ २०८३, मंगलबार | September 1, 2026

बुटवलमा कक्षपति बन्धुहरुको कुलपूजा सम्पन्न



बुटवल । बुटवलमा संगठीत भएका कक्षपति बन्धुहरुको कक्षपति समाजले आफ्नो ११ औं साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । नेवाः पर्व सिथी नखःको अवसर पारेर आयोजना गरिएको साधारणसभा तथा अधिवेशनबाट महत्त्वकुमार कक्षपतिको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

बुटवल र यस आसपास छरिएर रहेका कक्षपति बन्धुहरुको साधारणसभा र अधिवेशनमा सिथी नखःको परम्परा अनुसार कुल पूजा अर्चना समेत गरिएको थियो । कक्षपति समाजका अध्यक्ष प्रवीणलाल कक्षपतिको अध्यक्षतामा कक्षपतिका अगुवाहरुले कुल पूजा गरेका थिए ।

सो अवसरमा बोल्दै कक्षपति समाजका अगुवा सुवर्णलाल कक्षापतिले समाजमा नेवारी भेषभुषा, खानपान र भाषालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । भाषा, संस्कृति र खानपानबाटै नेवाः समाजको पहिचान बनेको उनले बताए ।

कक्षपति समाजका सल्लाहकार जबीन कक्षपतिले समाजलाई अगाडि बढाउनको लागि अझ विशेष पहल र सक्रियता देखाउन आवश्यक रहेको बताए ।

आजभन्दा १० वर्ष अगाडि बुटवल क्षेत्रका वरिपरि छरिएका कक्षपति बन्धुहरुलाई एकत्रित गरी यस समाजको निर्माण भएको समाजका निवर्तमान अध्यक्ष डा निरञ्जन लाल कक्षपतिले जानकारी दिए ।

समाजको कुलपूजामा रूपन्देही, पाल्पा, गुल्मी अर्घाखाँची, कपिलवस्तु, बाँके, नवलपरासी र चितवनबाट कक्षपति परिवारका सदस्यहरु भेला भएका थिए ।

कार्यक्रममा समाजका सचिव दिनेश कक्षपतिले १० वर्षदेखि आजसम्म भएगरेका गतिविधिबारे जानकारी दिएका थिए ।

अधिवेशनबाट गणेश कुमार कक्षपति वरिष्ठ उपाध्यक्ष, जबीन कक्षपति उपाध्यक्ष, रविन्द्र कक्षपति सचिव, सुरेशकुमार कक्षपति सहसचिव र दिनेश कक्षपति कोषाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा राजु कक्षपति, यज्ञेश्वर कक्षपति, कल्पना कक्षपती, पिंकी कक्षपति, निशा कक्षपति, प्रजु पक्षपति र सन्देश कक्षपति निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ९ : ११ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत