९ बैशाख २०८३, बुधबार | April 22, 2026

कुन कुन देशले जितेका छन् अहिलेसम्म युरोकप ?



काठमाडौं । युरोकपको १७ औं संस्करण जुन १४ देखि शुरु हुदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियम मा खेलाईदै छ ।

युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । यस रिपोर्टमा हामी अहिलेसम्म युरोकपको उपाधि जितेका देश बारे चर्चा गर्दै छौं ।

अहिलेसम्म १६ पटक समपन्न यो प्रतियोगिताको सबै भन्दा धेरै पटक उपाधि जर्मनी र स्पेनले जितेका छन् ।

जर्मनी र स्पेनले ३-३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो भने स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेको थियो ।

त्यस्तै इटाली र फ्रान्सले २-२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीलले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो ।

त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि बिभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ ।

त्यस बाहेक रसियाले १९६० मा, पोर्चुगलले २०१६ मा, नेदरल्याण्डसले १९८८ मा, डेनमार्कले १९९२ मा र ग्रीसले २००४ मा युरोकपको उपाधि जितेका थिए ।

ईङल्याण्ड २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ८ : १२ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका