२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

अफगानिस्तान टी-२० विश्वकपको सुपर आठमा, न्यूजिल्याण्ड बाहिरियो



काठमाडौं । न्यूजिल्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गत अफगानिस्तानले पिएनजीलाई पराजित गरेसँगै न्यूजिल्याण्ड विश्वकपबाट बाहिरिएको हो ।

समुह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठमा पुगेका छन् । अफगानिस्तानले पिएनजीलाई यस खेलमा ७ विकेटले पराजित गरेको थियो । पिएनजीले दिएको ९६ रनको लक्ष्य पछाएको अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पिएनजीले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट भएर ९५ रन बनाएको थियो ।

यो जितपछि अफगानिस्तानले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ र सुपर आत्मा पुगेको छ । त्यस्तै वेस्ट इन्डिजले पनि तीन खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस समुहबाट युगाण्डा र पीएनजीपनि बाहिरिएका छन् । न्यूजिल्याण्डले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको थियो । र न्यूजिल्याण्ड टी-२० विश्वकपको पहिलो चरणमै बाहिरिएको यो पहिलो पटक हो ।

अब अफगानिस्तानले वेस्ट इन्डिजको सामना गर्ने छ भने न्यूजिल्याण्डले युगान्डा र पिएनजीसँग खेल्ने छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : ४२ बजे

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त