३ चैत्र २०८२, मंगलबार | March 17, 2026

विकास र राजनीतिलाई सँगसँगै लैजान जरुरी छ : उपाध्यक्ष पौडेल



बुटवल । एमाले उपाध्यक्ष बिष्णु पौडेलले विकास र राजनीतिलाई सगँसगै लैजानु पर्नेमा जोड दिएका छन् । एमाले रुपन्देहीको नव निर्वाचित जिल्ला कमिटीको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले सबै नेता कार्यकर्तालाई विकाससँग जोडिदै जान आग्रह गरेका हुन् ।

उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिए । अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको बताउँदै उनले रुपन्देहीमा अझ एकताबद्ध र सशक्त पार्टी निर्माण भएको बताए । ‘पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुनेछ ।’ नेता पौडेलले भने ।

गुण र दोष दुबै थाहा पाएका आफ्नै कमरेडलाई एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउन कार्यकर्तालाई उनले सुझाव दिए । ‘रुपन्देहीको पार्टी पंक्तिलाई प्रभावकारी परिचालन गर्ने, विकास निर्माणका काममा निगरानी र खबरदारी गर्ने, फराकिला सम्भावनालाई साकार पार्ने, आन्तरिक एकतालाई बलियो बनाउने, संगठनलाई सुदृढ, गतिशील र अनुशासित बनाउने, चेतना र चिन्ताका हिसाबले अग्रणी बनाउने, गुणस्तरीय संगठन, नेता कार्यकर्ता रहेको पार्टी बनाउने जिम्मेवारी नयाँ कार्यसमितिको कांधमा आएको छ ।’ उपाध्यक्ष पौडेलले भने ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य लिला गिरीले नेकपा एमालेका नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गिरिले पार्टीका हरेक कार्यकर्ता उत्पादनसँग जोडिदै राजनितिमा क्रियशिल हुनुपर्ने बताए । उनले रुपन्देही जिल्लालाई एमालेको लाल किल्ला बनाउनेगरि अगाडि बढ्न नवनर्वाचित कमिटीलाई निर्देशन दिँदै भने, ‘रुपन्देहीको पार्टी नेपालमै वाहा क्या बात भन्ने बनाउनु पर्नेछ ।’

पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिंदै अबको नेतृत्वले थप कुशलता पूर्वक काम गर्नुपर्ने बताए ।

पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन सचिव चित्रबहादुर कार्कीले गरेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ३ : ०६ बजे

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक