१० माघ २०८२, शनिबार | January 24, 2026

विकास र राजनीतिलाई सँगसँगै लैजान जरुरी छ : उपाध्यक्ष पौडेल



बुटवल । एमाले उपाध्यक्ष बिष्णु पौडेलले विकास र राजनीतिलाई सगँसगै लैजानु पर्नेमा जोड दिएका छन् । एमाले रुपन्देहीको नव निर्वाचित जिल्ला कमिटीको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले सबै नेता कार्यकर्तालाई विकाससँग जोडिदै जान आग्रह गरेका हुन् ।

उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिए । अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको बताउँदै उनले रुपन्देहीमा अझ एकताबद्ध र सशक्त पार्टी निर्माण भएको बताए । ‘पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुनेछ ।’ नेता पौडेलले भने ।

गुण र दोष दुबै थाहा पाएका आफ्नै कमरेडलाई एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउन कार्यकर्तालाई उनले सुझाव दिए । ‘रुपन्देहीको पार्टी पंक्तिलाई प्रभावकारी परिचालन गर्ने, विकास निर्माणका काममा निगरानी र खबरदारी गर्ने, फराकिला सम्भावनालाई साकार पार्ने, आन्तरिक एकतालाई बलियो बनाउने, संगठनलाई सुदृढ, गतिशील र अनुशासित बनाउने, चेतना र चिन्ताका हिसाबले अग्रणी बनाउने, गुणस्तरीय संगठन, नेता कार्यकर्ता रहेको पार्टी बनाउने जिम्मेवारी नयाँ कार्यसमितिको कांधमा आएको छ ।’ उपाध्यक्ष पौडेलले भने ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य लिला गिरीले नेकपा एमालेका नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गिरिले पार्टीका हरेक कार्यकर्ता उत्पादनसँग जोडिदै राजनितिमा क्रियशिल हुनुपर्ने बताए । उनले रुपन्देही जिल्लालाई एमालेको लाल किल्ला बनाउनेगरि अगाडि बढ्न नवनर्वाचित कमिटीलाई निर्देशन दिँदै भने, ‘रुपन्देहीको पार्टी नेपालमै वाहा क्या बात भन्ने बनाउनु पर्नेछ ।’

पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिंदै अबको नेतृत्वले थप कुशलता पूर्वक काम गर्नुपर्ने बताए ।

पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन सचिव चित्रबहादुर कार्कीले गरेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ३ : ०६ बजे

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई