१७ भदौ २०८३, बुधबार | September 2, 2026

स्वास्थ्य मन्त्री यादवसँग बिरामी र कुरुवाको गुनासो



चितवन । पदभार सम्हालेको एक महिनापछि भरतपुर अस्पताल अनुगमनमा आएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई बिरामी र कुरुवाहरुले गुनासो राखेका छन् ।

अस्पतालका आकस्मिक कक्षमा उपचार गराइ रहेका राप्ती नगरपालिका(९ का हिमाल राईले डायलासिसका बिरामीको समस्या मन्त्रीसमक्ष सुनाए । उनले भने, “हामीलाई उपचारमा समस्या भयो । छुट्टै वार्डको व्यवस्था गरिदिनु प¥यो ।” उनले डायलासिस गर्ने बिरामीको वार्ड एउटै भएमा उपचारमा सहज हुने भएकोले उक्त व्यवस्था गरिदिन मन्त्री यादवलाई अनुरोध गरे ।

ज्वरोका कारण बिहीबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका भरतपुर महानगरपालिका(१४ का कृष्ण पराजुलीले भर्ना हुनका लागि शय्या पाउनै मुस्किल भएको गुनासो गरे । उनले भने, “हिजो बेलुकीदेखि शय्या खोजेको अहिले बल्ल एउटा खाली भयो । यसरी कसरी उपचार गर्न सकिन्छ ?”

बिरामीका कुरा सुनिसकेपछि मन्त्री यादवले भने, “तपाईहरुको कुरा जायज हो, सेवा पाउनुपर्छ । यसका लागि म अस्पताल प्रशासनसँग कुरा गर्छु ।” औषधि किन्नका लागि अस्पतालको फार्मेसी अगाडि बसेका बिरामी र कुरुवाले बीमाबाट आवश्यक औषधि नपाउने गरेको गुनासो गरे । सस्तो औषधि फार्मेसीमा पाए पनि महँगो औषधि बाहिरबाट किन्नुपर्ने उनीहरुको गुनासो थियो । गुनासो सुनिसकेपछि मन्त्री यादवले फार्मेसीका कर्मचारीले खाजा खान तालिका मिलाएर जान र औषधि पर्याप्त मात्रामा राख्न निर्देशन दिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : ३६ बजे

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु

यस्तो छ आज विभिन्न सडकको अवस्था

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा