१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित



काठमाडौं । नेपाल दक्षिण अफ्रीकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो ।

नेपालका लागि ओपनर असिफ शाहले सर्बाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिंग गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्बाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह एरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दिपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए ।

यो हारसँगै नेपालको सुपर आठको सम्भावना सकिएको छ । अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ । भने दक्षिण अफ्रिकाको समुह चरणको खेल सकिएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ५३ बजे

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भद्रपुर । यहाँको बिर्तामोड नगरपालिका-४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा

आजको मौसम : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक

इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड ४ विकेटले पराजित, सेमिफाइनलमा स्थान सुरक्षित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सुपर-८ चरणको प्रतिस्पर्धा