१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोशी प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक बजेट ३५ अर्ब २७ करोड



विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज आगामी बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री मगरले चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरेका छन्‌ । चालू खर्चमध्ये संघीय अनुदान फिर्तातर्फ ३ अर्ब रुपैयाँ विनियोजन अनुमान गरिएको छ ।

प्रदेशको बजेट आकार चालू आर्थिक वर्षमा भन्दा झण्डै एक खर्ब रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षका लागि प्रदेशले सरकारले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आगामी बजेटमा अनुमान गरिएको खर्चको स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्व ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने उल्लेख छ । बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख रुपैयाँ व्यवस्था गरिने मन्त्री रानाले जनाएका छन्‌ ।

कुन क्षेत्रमा कति बजेट ?

कोशी प्रदेश सरकारले पूर्वाधारका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिमा २ अर्ब ६७ करोड, खानेपानी तथा ऊर्जामा ४ अर्ब ७६ करोड, स्वास्थ्यमा ३ अर्ब ५८ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड बजेट, पर्यटन, वन तथा वातावरण २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन अनुमान छ ।

शान्ति सुरक्षा, सूचना तथा सञ्चारका लागि १ अर्ब ३ करोड रुपैयाँ छुट्याएको छ । मन्त्री मगरले कृषि क्षेत्रमा धानको बीऊको स्रोत व्यवस्थापन गर्ने, ब्याज अनुदान दिने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने उल्लेख छ । उनले स्थानीय तहलाई ४ अर्ब ५८ करोड हस्तान्तरण गरिने पनि बताएका छन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : २६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा