१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष नेतृत्वको प्रतिनिधिमण्डल भक्तपुरमा



भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आएको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा खादा, भादगाउँदले टोपी र पुष्पगुच्छाले आइतबार स्वागत गरे । टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको कला संस्कृति संरक्षणमा भक्तपुर नपाले विशेष जोड दिँदै आएको बताए ।

भ्रमणका क्रममा उपाध्यक्ष पाथ अरले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर कला र संस्कृतिमा निकै समृद्ध नगर भएको बताए । उनले जीवन्त नगरको अवलोकन भ्रमण गर्न पाउँदा निकै गौरवको अनुभूति भएको बताउँदै चीन–नेपालबीचको मित्रता अमर रहने विश्वास व्यक्त गरे । चिनियाँ प्रतिनिधिमण्डल टोलीले भक्तपुरको स्थानीय उत्पादन र मूर्तिका कलाबारे चासो व्यक्त गरेका थिए ।

टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबार क्षेत्र, पोटरी स्क्वायर, टौमढी हुँदै फसिः देगको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । सोही क्रममा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान भएको थियो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो भने चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका सदस्यहरु छि चाल, एवई च्यून, वन सु काड्ड, यान च्यूए, वाङ चोड्डयी, लीन मियाओलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : ३५ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने आठ जनालाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही

कुनै दलसँग गठबन्धन गर्दैनौं : एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै

इजरायलद्वारा इरानमा हवाइ आक्रमण

काठमाडौं । इरायलले अमेरिकाको समर्थनमा इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा

रवि-बालेन्द्रसहित रास्वपाको काठमाडौं उपत्यकामा प्रचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित प्रचार गरेको