३१ आश्विन २०८३, शनिबार | October 17, 2026

एकता , प्रेम र सहिष्णुताले नै समुन्नत रास्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद-उल -अजहा ( बक्र ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले आज (सोमबार) शुभकामना सन्देश जारी गर्दै बक्र ईद पर्वले सम्पूर्ण नेपालीहरूबीच एकता, प्रेम र सहिष्णुता कायम गर्दै सामाजिक न्यायसहितको समुन्नत रास्ट्र निर्माणमा सहयोग पुग्ने बिश्वास व्यक्त गरेका छन् । उनले नेपाल रास्ट्र बहुजातीय , बहुभाषिक , बहुधार्मिक एवम् बहुसांस्कृतिक बिशेषताहरूले भरिपूर्ण रहेको समेत उल्लेख गरेका छन् ।

सरकारले बक्र ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुले बक्र ईद पर्वलाई दोस्रो ठुलो पर्वका रूपमा एक आपसमा खुसियाली साटासाट गरि मनाउने गर्दछन् ।

इस्लाम पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौ दिनमा यो पर्व मनाइन्छ । ईदलाई मुस्लिम समुदायले आत्म शुद्धिका लागि मनाउने गर्दछन । खासमा जीवन र मरण आफ्नो वशमा छैन भनेर दर्शाउनु नै यस पर्वको उद्देश्य हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न धर्मले जायज मानेका जनावरलाई कुर्वानी (बलि) दिने गरिन्छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ५४ बजे

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु