२० मंसिर २०८२, शनिबार | December 7, 2025

लुम्बिनी प्रदेशका अण्डर १९ पुरुष भलिबल खेलाडी छनौट



बुटवल । लुम्बिनी प्रदेशस्तरीय अण्डर-१९ भलिबल खेलाडी छनोट भएका छन् । काठमाडौंमा हुन लागेको सहाना प्रधान प्रतिष्ठानले आयोजना गर्ने लागेको अण्डर १९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन लुम्बिनी प्रदेशका पुरुषतर्फका भलिकल खेलाडी छनोट गरिएको हो ।

लुम्बिनी प्रदेश भलिबल संघको आयोजनामा जिल्ला भलिबल संघ रुपन्देही र मणिमुकुन्द भलिबल क्लबको सहयोगमा खेलाडी छनोट कार्यक्रम सम्पन गरेको हो ।

खेलाडी छनोट कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष योग गुरुङले प्रदेशको नाम राख्नेगरी खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे । अण्डर १९ भलिबल खेल प्रतियोगिता लाई अवसरको रुपमा लिएर अनुशासित लगनसिल भएर खेल प्रदेर्शन गरेर आफनो खेल जिवनलाई थप उचाईमा पुराउने मुख्य ठाउ भएकाले एसलाई भरपूर्ण उपयोग गर्न खेलाडीहरुलाई आग्रह गरे ।

खेलकुदले धेरै मानिसको जिवनकालमा परिवतन ल्याउने भन्दै उपाध्यक्ष गुरुङले प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरे वदिेशी भुमिमा खेल्ने अवसर समेत रहेको बताएका थिए ।

मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले खेलाडीहरुमा लगनशिल अनुशासित हुनु जरुरी रहेको बताए । अण्डर १९ भलिबल खेल प्रतियोगिताले भलिबल खेल्ने खेलाडीहरुका लागी सुनौलो अवसर रहेको भन्दै लुम्बिनी प्रशदेशबाट भाग लिन जाने खेलाडीले उत्कृष्ट प्रदर्शन गनेकुरामा आफु अशावादी रहेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, जिल्ला भलिबल संघ रुपन्देहीका सदस्य किसन चन्दले खेलाडीहरुलाई विजयीको शुभकामना दिएका थिए ।

प्रतियोगिता ७ प्रदेशका खेलाडीको सहभागितामा रहने छ । खेल यही असार ९ गते देखी १५ गते सम्म नेपाल भलिबल संघको व्यवथापनमा काठमाडौंमा हुन लागेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : ४१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल