१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

लुम्बिनी प्रदेशका अण्डर १९ पुरुष भलिबल खेलाडी छनौट



बुटवल । लुम्बिनी प्रदेशस्तरीय अण्डर-१९ भलिबल खेलाडी छनोट भएका छन् । काठमाडौंमा हुन लागेको सहाना प्रधान प्रतिष्ठानले आयोजना गर्ने लागेको अण्डर १९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन लुम्बिनी प्रदेशका पुरुषतर्फका भलिकल खेलाडी छनोट गरिएको हो ।

लुम्बिनी प्रदेश भलिबल संघको आयोजनामा जिल्ला भलिबल संघ रुपन्देही र मणिमुकुन्द भलिबल क्लबको सहयोगमा खेलाडी छनोट कार्यक्रम सम्पन गरेको हो ।

खेलाडी छनोट कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष योग गुरुङले प्रदेशको नाम राख्नेगरी खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे । अण्डर १९ भलिबल खेल प्रतियोगिता लाई अवसरको रुपमा लिएर अनुशासित लगनसिल भएर खेल प्रदेर्शन गरेर आफनो खेल जिवनलाई थप उचाईमा पुराउने मुख्य ठाउ भएकाले एसलाई भरपूर्ण उपयोग गर्न खेलाडीहरुलाई आग्रह गरे ।

खेलकुदले धेरै मानिसको जिवनकालमा परिवतन ल्याउने भन्दै उपाध्यक्ष गुरुङले प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरे वदिेशी भुमिमा खेल्ने अवसर समेत रहेको बताएका थिए ।

मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले खेलाडीहरुमा लगनशिल अनुशासित हुनु जरुरी रहेको बताए । अण्डर १९ भलिबल खेल प्रतियोगिताले भलिबल खेल्ने खेलाडीहरुका लागी सुनौलो अवसर रहेको भन्दै लुम्बिनी प्रशदेशबाट भाग लिन जाने खेलाडीले उत्कृष्ट प्रदर्शन गनेकुरामा आफु अशावादी रहेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, जिल्ला भलिबल संघ रुपन्देहीका सदस्य किसन चन्दले खेलाडीहरुलाई विजयीको शुभकामना दिएका थिए ।

प्रतियोगिता ७ प्रदेशका खेलाडीको सहभागितामा रहने छ । खेल यही असार ९ गते देखी १५ गते सम्म नेपाल भलिबल संघको व्यवथापनमा काठमाडौंमा हुन लागेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : ४१ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र