६ श्रावण २०८३, बुधबार | July 22, 2026

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि गोकर्णमा



काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ ।

कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। कुल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन।

पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने जानकारी आज आयोजित पत्रकार सम्मेलनमा पीजीए नेपालका महासचिव दिपक आचार्यले दिए। दुई दिनको खेल पश्चात कट लागु हुनेछ। ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ।

यो सिजनको अन्तिम प्रतियोगिता पश्चात सिजन अवधिभर कूल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन। उनी धरानका निरज तामाङ भन्दा १ लाख १८ हजार ८ सय ७५ रूपैयाँले अगाडि छन। भुवनले यो सिजनको सात प्रतियोगिता सकिंदा ५ लाख ६६ हजार ८ सय ७५ नगद पुरस्कार कमाएका छन। उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए।

निरज तामाङ ४ लाख ४८ हजार सहित मनि लिडर तालिकामा दोस्रो स्थानमा छन। उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए। सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति ३ लाख ७२ हजार सहित तेस्रो स्थानमा छन। सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का ३ लाख ७२ हजार सहित चौथो र २ लाख ६० हजार ७ सय २५ नगद सहित सञ्जय लामा पाँचौ स्थानमा रहेका छन।

मनि लिडरहरूलाई डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले चुनौती प्रस्तुत गर्ने संभावना उच्च छ। एमेच्योर गल्फर रहँदा सुबाशले कुल पाँच उपाधि जितेका छन। यो सिजन प्रो बनेपछि उनको यो घरेलु टुरमा दोस्रो प्रतियोगिता हो। यो सिजन सात मध्ये दुई प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसीप जितेका एमेच्योर गल्फर सदभाव आचार्य पनि प्रमुख दाबेदार हुन। उनले यो सिजन सात प्रतियोगिताको समाप्तीमा कुनै पनि प्रोले भन्दा बढी उपाधि जितेका छन।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो(एम शनिबार हुनेछ। २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ।

पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो सिजनकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने भन्दै जितको लागि शुभकामना दिएका छन। उनले प्रमुख प्रायोजक सुर्य नेपाल प्रालिलाई नेपाली गल्फ विकासमा निरन्तरको सहयोगका लागि धन्यवाद दिए।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : २४ बजे

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।