१९ माघ २०८२, सोमबार | February 3, 2026

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : कोहलपुर रेसिङ सहाराको सहज जित



कोहलपुर । कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सोमबार भएको खेलमा कोहलपुर रेसिङ सहाराले कारकाँदो युवा स्पोर्टस क्लबलाई ४–१ ले पराजित गर्दै जित हासिल गरेको हो ।

बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङको जितमा आयुश घर्तीमगर, हेमन्त घर्तीमगर, ईश्वर श्रेष्ठ, महेश विकले १–१ गोल गरेका थिए । आयुशले ७ मिनेट, हेमन्तले १२ मिनेट, ईश्वरले १६ मिनेट र महेशले ६०औं मिनेटमा गोल गरेका थिए ।

कारकाँदोका लागि सुदिप केसीले ५२औं मिनेटमा गोल गरेका थिए । खेलमा कोहलपुर रेसिङका कप्तान सुनिल थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । थापालाई स्वेता सेनिटरी सुपर लेसका प्रोपाइटर उपेन्द्र बुढाथोकी, शिवशंक्ति नमुना आधारभुत विद्यालयका प्रअ बद्री नाथ सापकोटाले पुरस्कार प्रदान गरेका थिए । यसैगरी सोमबार भएको अर्को खेलमा मिलन युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबीचको खेल १–१ बराबरीमा सकिएको छ ।

बराबरीमा सकिएपछि दुबै टिमले अंक बाँडेका छन् । सोमबार सुरुआतमै नवदुर्गाले खेलमा अग्रता लिएको थियो । नवदुर्गाका शंकर दमाईले ६ मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाएका थिए । तर २३औं मिनेटमा मिलन युवाका सरोज केसीले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । बराबरी गोल गर्ने सरोज सोमबार बिहानको खेलको प्लेयर अफ द म्याचको रुपमा पुरस्कत पनि भएका छन् । उनँलाई समाजसेवी अर्जुन जंग शाहले पुरस्कृत गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।

समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा पहिलो खेल न्यु डाँफे स्पोर्टस क्लब र रोयल नेपालगन्ज फुटबल क्लबबीच हुनेछ । दोस्रो खेल जय किसान स्पोर्ट्स क्लब र ओशोनिक क्लबबीच हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १० : २७ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली