२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

गोली चलेको २ दिन पछि प्रहरीलाई सूचना, पाल्पामा भरुवा बन्दुक सहित एकजना पक्राउ



पाल्पा । पाल्पा प्रहरीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । जिल्लाको रैनादेबी छहरा १ बाट एक थान भरुवा बन्दुक सहित स्थानीय ईश्वरे कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत ३ गते कुमालले घर नजिकैको जङ्गलमा भरुवा बन्दकु पड्काउँदा त्यसको छर्रा लागेर सोही स्थानका टोपबहादुर कुमाल सामान्य घाइते भएको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले इश्वरे कुमालको घरबाट एकथान बन्दुक, छर्रा तथा बारुद जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको २ दिन पछि थाहा पाएको प्रहरीले आज अपरान्ह बन्दुक सहित कुमाललाई पक्राउ गरेको हो । अनुसन्धानका लागि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

बन्दुकको छर्रा घाँटीमा लाग्दा टोपबहादुर कुमाल सामान्य घाइते भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ११ : १२ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा