५ पुस २०८२, शनिबार | December 20, 2025

अल्बानियाले क्रोसियालाई बराबरीमा रोक्यो



काठमाडौं । क्रोसियालाई अल्बानियाले बराबरीमा रोकेको छ । जारी युरोकप अन्तर्गत समुह बी को खेलमा क्रोसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दै अल्बानियाले २-२ गोलको बराबरीमा रोकेको हो ।

यस अघि १-० गोलले पछि परेको क्रोसियाले खेलको ७४ औ र ७६औ मिनेटमा गोल गर्दै २-१ को अग्रता हासिल गरेपनि इन्जुरी समयमा रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।

अल्बानियाका लागि खेलको ११औं मिनेटमा क्वाजिम लासीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औ मिनेटमा क्रोसियाका लागि आन्द्रेज क्रमारिकले बराबरी गोल गरेका थिए । त्यसपछि ७६ औ मिनेटमा अल्बानियाका क्लाउस ग्जासुलाले आत्मघाती गोल गरेपछि क्रोसियाले २-१ को अग्रता हासिल गरेको थियो । त्यसपछि ९० मिनेटपछिको इन्जुरी समयको ५ औ मिनेट अल्बानियाका क्लाउस ग्जासुलाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि क्रोसियाको नकआउट चरणमा छनौट हुने सम्भावना कठिन बनेको छ । क्रोसियाले पहिलो खेलमा स्पेनसँग हर बेहोरेको थियो । क्रोसियाको अब २ खेलमा केवल एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै अल्बानियाको पनि २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब क्रोसियाले समुह चरणको अन्तिम खेल जुन २५ मा इटालीविरुद्ध खेल्ने छ भने अल्बानियाले जुन २५ मै स्पेनसँग खेल्ने छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ७ : २६ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले