५ पुस २०८२, शनिबार | December 20, 2025

टी-२० विश्वकप : वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी



काठमाडौं । ईङल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा ईङल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको ईङल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

ईङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ८७ रन बनाए भने जोनी बैरस्ट्रोवले अविजित ४८ रन बनाएका थिए । त्यस्तै कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउदै १८० रन बनाएको थियो । वेस्ट इन्डिजका जोन्सन चार्लेजले सर्बाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले ३६-३६ रन बनाएका थिए । त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए ।

यो जितपछि ईङल्याण्डले सुपर आठको समुह एकमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब ईङल्याण्डले अर्को खेल शुक्रबार राती दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ९ : ५७ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले