२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

टी-२० विश्वकप : वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी



काठमाडौं । ईङल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा ईङल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको ईङल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

ईङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ८७ रन बनाए भने जोनी बैरस्ट्रोवले अविजित ४८ रन बनाएका थिए । त्यस्तै कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउदै १८० रन बनाएको थियो । वेस्ट इन्डिजका जोन्सन चार्लेजले सर्बाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले ३६-३६ रन बनाएका थिए । त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए ।

यो जितपछि ईङल्याण्डले सुपर आठको समुह एकमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब ईङल्याण्डले अर्को खेल शुक्रबार राती दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ९ : ५७ बजे

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर