२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

भोलि बिहानदेखि शुरु हुदै कोपा अमेरिका, पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै



काठमाडौं । दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुदै छ । कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुदै छ ।

अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिदै छन् । जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा. अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन् ।

१६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा समुह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समुह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् ।

त्यस्तै समुह सी मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया रहेका छन् भने समुह डी मा ब्राजिल कोलम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् ।

समुह चरणको खेलपछि हरेक समुहका शिर्ष दुई देश क्वाटरफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनमा रहेको हार्ड रक स्टेडियममा जुलाई १४ मा हुने छ ।

कोपा अमेरिकाको यो ४८औं संस्करण हो । अहिलेसम्म सबैभन्दा बढी १५ पटक अर्जेन्टिना र उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेका छन् । अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको छ भने पाराग्वे, चिली र पेरुले २-२ पटक यो उपाधि जितेका छन् । त्यस्तै बोलिभिया र कोलम्बियाले एक एक पटक यो उपाधि जितेका छन् । मेक्सिको २ पटक फाइनलमा पुगेपनि उपविजेता मै चित्त बुझाएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : ३५ बजे

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल