२६ आश्विन २०८३, सोमबार | October 12, 2026

लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तिरण गौतम नियुक्त



दाङ । लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त भएका छन् । बिहिबार बसेको प्रदेश मन्त्रीपरिषदले सदस्य पदमा नियुक्त गरेको गौतमलाई प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरिएको हो ।

बैठकले नियुक्त गरेको ३ जना सदस्यहरु मध्यबाट परिषदको अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गरेका हुन् । खेलकुद परिषद गठन नियमावली अनुसार सामाजिक विकास मन्त्रीको अध्यक्षतामा हुने २५ सदस्सीय परिषदको अन्य सदस्य भने नियुक्तिको प्रक्रियामा रहेको बताइएको छ । मन्त्रीपरिषदको बैठकले बाँकेका दिलबहादुर तामाङ र जनक केसीलाई सदस्य पदमा नियुक्त गरेको छ ।

प्रदेश सत्ता गठबन्धनबाट ७ जना एमालेबाट, ३ जना माओवादी केन्द्रबाट र १-१ जना जसपा र नागरिक उनमुक्तिबाट नियुक्त हुने भागवण्डा भएको मन्त्रालय स्रोतले जनाएको छ । नवनियुक्त सदस्य सचिव र सदस्यहरुलाई आजै मन्त्री खत्रीले सपथग्रहण गराएका छन् ।

खेलकुद विकास सम्बन्धमा बनेको ऐन बमोजिम प्रदेशमा सामाजिक विकास मन्त्री अध्यक्ष रहने गरि सामाजिक विकास मन्त्रालयका सचिव, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा प्रदेशस्तरीय खेल जगतमा ३ जना,प्रतिष्ठा आर्जन गरेका प्रदेश भित्रका कम्तिमा एक जना महिला खेलाडी सहित पर्ने गरी प्रदेश सरकारवाट मनोनित बढींमा पाँच जना, प्रत्येका जिल्लाबाट एक, एक जना पर्ने गरी प्रदेश सरकारले मनोनिता गरेका बाह्र जना, प्रदेश स्तरका खेलकूद सम्वन्धी संघ संस्थाहरुवाट सिफारिश भई आएका व्यक्तिहरु मध्यवाटा कम्तिमा एक जना महिला पर्ने गरी अध्यक्षले मनोनित गरेका तीन जना, प्रदेश भित्रका विश्व विधालयका खेलकूद तथा विद्यार्थी कल्याण सम्बन्धी कार्य हेर्ने प्रमुखहरु मध्येबाट सम्बन्धित विश्व विद्यालयले सिफारिस गरेका एक एक जनामध्ये प्ररिषद्ले मनोनित गरेका दुईजना तथा सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकूद महाशाखा प्रमुख सदस्य रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : १२ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा