२९ माघ २०८२, बिहिबार | February 12, 2026

बुटवलमा पत्रकार महिलाका लागि तिन दिने लेखनवृत्ति तालिम



बुटवल । बुटवल उपमहानगरपालिकाको सहयोगमा डब्लु डब्लु जे रुपन्देहीको आयोजनामा बुटवलमा तिन दिने लेखन वृत्ति तालिम शुरु भएको छ । महिला पत्रकारहरुका लागि लेखन क्षमता अभिवृद्धि, समाचार लेखनमा दक्ष र अब्बल बनाउनका निम्ति तालिम शुरु गरिएको हो ।

तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै उनले बुटवललाई मिडिया सिटी बनाउने योजना अघि सारिएको जानकारी दिए । उनले बुटवललाई पत्रकारितामा उत्कृष्ट बनाउने र बुटवललाइ हरेक क्षत्रमा अब्बल बनाउन सबैको सहकार्य जरुरी रहेको बताए । उपमहानगरले गरेका कामको बारेमा लेख्न, सुधार गर्नुपर्ने कामलाइ झक्झक्याउन र सत्यतथ्यमा आधारित कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रा देबि अर्यालले पत्रकारिताको क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्न तालिक उपयोगी हुने भन्दै पत्रकार महिलाहरु हरेक बिषयमा लेख्न सक्ने हुनुपर्ने बताइन् ।

बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपी खनालले समाचार लेखनका बिषयमा आफ्नो धारणा राखे । पत्रकार दिनेश पान्डेले तथ्य बुझेर बिषय छनौट गरि सूचना कहाँ को सँग कसरी लिने भन्ने बारे जानकारी दिए ।

४५ जनाको पत्रकार महिलाको सहभागीता रहेको कार्यक्रम डब्लु डब्लु जे की अध्यक्ष कल्पना तिवारीको अध्यक्षमा उदघाटन सत्र संचालन भएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ४५ बजे

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

चक्कु प्रहार गरेर किशोरको हत्या

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल