६ पुस २०८२, आइतबार | December 21, 2025

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित



काठमाडौं । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए । त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए । १-० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ ।

पहिलो खेलमा रोमानियासँग ३-० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समुह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो जितपछि युक्रेन समुहमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

अब युक्रेनले समुह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्ने छ भने स्लोभाकियाले रोमानियासँग सोहि दिन खेल्ने तालिका छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ७ : ३८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ