१० असार २०८३, बुधबार | June 24, 2026

स्वभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन् : अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वभिमानी नेता तथा कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको दोस्रो भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीसँग जोड्ने खालका कार्यक्रम समावेश गरिएको पनि जानकारी दिए । उनले त्यसका लागि केही बजेट विनियोजन भएको बताए ।।

पुनले उत्पादन वृद्धि केही मान्छे धनी बन्नका लागि नभई समानता र सामाजिक न्यायका आधारमा विकास गर्नका लागि भएको पनि बताए । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरेमात्रै समानता र सामाजिक न्याय प्राप्त गर्न सकिने बताए ।

मन्त्री पुनले कृषि, पर्यटन जलविद्युत, सूचना प्रविधि र उत्पादन यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिँदै सातै प्रदेशलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे । एक प्रदेशमा एउटा विशेषतालाई प्राथमिकता दिएर कार्यक्रम अघि सारिएको पनि उहाँले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ४६ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको