१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

स्वभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन् : अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वभिमानी नेता तथा कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको दोस्रो भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीसँग जोड्ने खालका कार्यक्रम समावेश गरिएको पनि जानकारी दिए । उनले त्यसका लागि केही बजेट विनियोजन भएको बताए ।।

पुनले उत्पादन वृद्धि केही मान्छे धनी बन्नका लागि नभई समानता र सामाजिक न्यायका आधारमा विकास गर्नका लागि भएको पनि बताए । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरेमात्रै समानता र सामाजिक न्याय प्राप्त गर्न सकिने बताए ।

मन्त्री पुनले कृषि, पर्यटन जलविद्युत, सूचना प्रविधि र उत्पादन यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिँदै सातै प्रदेशलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे । एक प्रदेशमा एउटा विशेषतालाई प्राथमिकता दिएर कार्यक्रम अघि सारिएको पनि उहाँले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ४६ बजे

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज