३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल, धम्बोझी क्लबको सहज जित



कोहलपुर । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा धम्बोझी क्लबले जित हासिल गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगिसकेको धम्बोझी क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ ।

आईतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा धम्बोझीका लागि प्रेम बहादुर सुनारले २ गोल र क्षितिज थापा मगरले १ गोल गरे । खेलमा प्लेयर अफ द म्याच घोषित भएका प्रेमले २४औं र ४१औं मिनेटमा गोल गरेका थिए । क्षितिजले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच प्रेमलाई जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेन्सले पुरस्कृत गरे । बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ ।

लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा मिलन युवा स्पोर्टस क्लब र कारकादो युवा स्पोर्टस क्लबबीच हुनेछ । अर्को खेलमा नवदुर्गा युवा क्लब र कोहलपुर रेसिङ सहारा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : ५७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका