५ चैत्र २०८२, बिहिबार | March 19, 2026

रामपुर सांस्कृतिक साँझ सम्पन्न



बुटवल । पूर्वी पाल्पा समाज, रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा रामपुर सांगीतिक साँझ सम्पन्न भएको छ । छोरी शिक्षा अक्षयकोष स्थापनार्थ समाजले सांस्कृतिक साँझ गरेको हो ।

विभिन्न कारण अध्ययन गर्न नसकेका छोरीहरुलाई शिक्षा प्रदान गर्नका लागि समाजले अभियानको थालनी छ ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले भौतिक विकासले भन्दा शैक्षिक र चेतनाको विकासले मात्र समृद्धि सम्भव रहेको बताए ।

जति भौतिक विकास भए पनि जब सम्म मानिसमा चेतना र शैक्षिक विकास हुँदैन तब सम्म कुनै पनि विकासले सार्थकता नपाउने बताए । साथै जन्मथलो रामपुर भई हाल बसाइ फरक भए पनि रामपुर नगरपालिकाको विकास र समृद्धिका लागि समाजले गरेको कामको प्रशंसा गरे । कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले समाजले गरेको कामको प्रशंसा व्यक्त गरिन । कार्यक्रममा पूर्वी पाल्पा समाज रुपन्देहीका अध्यक्ष सुनिल श्रेष्ठले रामपुरका गरिब र जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बताए ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा रामपुरमै आफ्नो गाउँ आफ्नो ठाउँ भन्ने अभियान सहित निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण समेत गरिने बताए । रामपुरमा पर्यटन प्रर्बद्धनको लागि पनि काम गर्ने बताए । शैक्षिक अध्ययन पुरा गर्न नसक्ने छोरीहरुको अविभावकत्व ग्रहण गरेर उज्वल भविष्य निर्माण गर्नका लागि छोरी शिक्षा अक्षयकोष मार्फत सहयोग प्रदान गर्ने समाजको लक्ष्य रहेको पूर्वी पाल्पा समाज रुपन्देहीका महासचिव भोजराज न्यौपानेले जानकारी दिए ।

अक्षयकोष स्थापनार्थ समाजले गरेको सांगीतिक साँझमा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनी, समिक्षा अधिकारी, मञ्जु भट्टराई लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति गरेका थिए । पूर्वी पाल्पा समाज रुपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

दियालो फुड ल्याण्ड कालिका नगर बुटवल रुपन्देहीमा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव भोजराज न्यौपाने र नारायण लेकालीले गरेका थिए । कार्यक्रमको संयोजक राजेन्द्र कंडेलले गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : २३ बजे

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।