९ श्रावण २०८३, शनिबार | July 25, 2026

एकीकृत समाजवादीको महाधिवेशन प्रचार तथा आर्थिक सङ्कलन गर्न सांस्कृतिक कार्यक्रम गरिँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक सङ्कलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ ।

पार्टी निकट जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरुको सहभागितामा विभिन्न गीत, नृत्य तथा साङ्गीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिए ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महाधिवेशनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए । पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्ने कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतको हभागिता रहने छ भने त्यहाँ विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग सङ्कलन गरिने महासचिव अधिकारीले जानकारी दिए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग विभक्तपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनमा महासङ्घका तर्फबाट १५ जनाले प्रतिनिधिका रुपमा सहभागिता जनाउँदै छन् । पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिसकेको यसअघि नै जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : ०२ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा