२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

अमेरिकालाई पराजित गर्दै इंग्ल्यान्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ मा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टायो ।

इंग्ल्यान्डका कप्तान जोस बट्लरले विस्फोट ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाए । उनले ६ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै फिल साल्टले २१ बलमा २५ रन जोड ।

यसअघि केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन मात्र बनाउन सक्यो ।

उसका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कोरी एन्डरसनले २८ बलमा २९ रन बनाए । हरमित सिंहले २१, स्टिभन टेलरले १२, कप्तान एरोन जोन्सले १० रनको योगदान दिए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले घातक बलिङ गरे । २.५ ओभर बलिङ गरेका उनले मात्र १० रन खर्चिएर ह्याट्रिकसहित ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २-२ विकेट लिए । अमेरिकाले अन्तिमका पाँच विकेट ६ बलमा कुनैपनि रन नजोडी गुमायो ।

जितसँगै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : २४ बजे

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता कायमै

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

रास्वपाको खाता खुल्यो, काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन २०८२ मा

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम, पछ्याउँदै शुधान्सु

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी