६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिकालाई पराजित गर्दै इंग्ल्यान्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ मा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टायो ।

इंग्ल्यान्डका कप्तान जोस बट्लरले विस्फोट ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाए । उनले ६ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै फिल साल्टले २१ बलमा २५ रन जोड ।

यसअघि केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन मात्र बनाउन सक्यो ।

उसका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कोरी एन्डरसनले २८ बलमा २९ रन बनाए । हरमित सिंहले २१, स्टिभन टेलरले १२, कप्तान एरोन जोन्सले १० रनको योगदान दिए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले घातक बलिङ गरे । २.५ ओभर बलिङ गरेका उनले मात्र १० रन खर्चिएर ह्याट्रिकसहित ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २-२ विकेट लिए । अमेरिकाले अन्तिमका पाँच विकेट ६ बलमा कुनैपनि रन नजोडी गुमायो ।

जितसँगै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : २४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ