२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

टी-२० विश्वकप क्रिकेट : वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको चुनौती



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८को महत्तवपूर्ण खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको चनौती दिएको छ । पुरै २० ओभर खेल्दै वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए । ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा उनले ५२ रन बनाएका हुन् । काइल मेयर्सले ३५ रन जोडे । आन्द्रे रसेल १५ रनमा आउट हुँदा अल्जारी जोसेफले नटआउट ११ रन जोडे। दक्षिण अफ्रिकासामू वेस्ट इन्डिजका अन्य ब्याट्सम्यान टिकेर खेल्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले तीन विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिएर तीन विकेट लिएका हुन् । मार्को जेन्सेन, एडेन मार्कराम, केशव महाराज, कागिसो रबाडाले एकएक विकेट हात पारे ।

सुपर-८ को यो प्रतिस्पर्धा आयोजक वेस्ट इन्डिजका लागि सेमिफाइनल प्रवेश गर्ने महत्त्वपूर्ण छ । सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ ।

तीन खेलमा दुई अंक बनाएको वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएमा सेमिफाइनलको ढोका बन्द हुनेछ । यसअघि नै चार अंक बनाएको दक्षिण अफ्रिका भने जितलाई निरन्तता दिँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ ।
समूह-२ बाट इंग्ल्यान्ड यसअघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरिसकेको छ । अर्को आयोजक राष्ट्र अमेरिका भने सुपर ८ का तीन खेल गुमाउँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ०७ बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका